Loading Now

महंगी भनेको के हो ?

 महंगी भनेको के हो ?


रु ८०/- पर्ने आधा लिटर सनफ्लावर तेललाई तपाइले रु ७५/- मा किनिरहनुभएको थियो (प्रतिस्पर्धी बजारमा तेलकाे मुल्य रू. ८०/- भएपनि तपाइ माेलताेल गरेर रू. पाँच घटाउन सक्नुहुन्छ वा पसले आफैले तपाइलाइ नियमित ग्राहक बनाउन कम दाममा तेल उपलब्ध गराउँछ ।) र अहिले त्यही तेललाइ तपाईले रु २००/- हालेर किन्नु भनेकै महंगी हो ।

महंगी एक वित्तीय शब्दावली हो जसले सामान्यतया कुनै पनि वस्तुको मुल्यमा भएको वृद्धि र मुद्राको खरिद मुल्यमा आएको ह्रास (मुद्राको अवमुल्यन) लाई व्याख्या गर्दछ ।

थोरै प्रतिसतको मुल्यवृद्धी सामान्य नै मानिन्छ र यस्तो मुल्यवृद्धी स्वस्थ्य अर्थतन्त्रको लागि राम्रो पनि हुन्छ । महंगी त्यतिबेला घातक हुन्छ जब यो छिटोछिटो बढ्न थाल्छ र मुद्राको तिव्र अवमुल्यन हुन्छ । यस्तो महंगिले अर्थतन्त्रलाई नियन्त्रणबाट पर पुर्याउँछ । सबै सरकार र केन्द्रिय बैंक आर्थिक तथा मौद्रिक नितिका माध्यमबाट महंगी नियन्त्रण गर्न कोसिस गर्दछन । महंगिलाई प्रतिसतका माध्यमबाट प्रस्तुत गरिन्छ ।

मुल्यमा वृद्धि – ३० वर्ष अगाडी रु २०/- मा पाइने कफि आज रु ८०/- पर्छ । यो मुल्यमा भएको वृद्धि हो ।

मुद्राको अवमूल्यन – वि सं २०५० मा रु २५००/- मा पाइने साइकल अहिले रु १५,०००/- तिर्नुपर्छ भने यो पैसाको खरिद मुल्यमा आएको ह्रास (मौद्रिक अवमूल्यन) हो ।
– महंगी भनेको वस्तु वा सेवाको मुल्यमा भएको वृद्धि हो ।
– महंगी दर – निश्चित समयावधिमा बस्तुको मुल्यको प्रतिशतमा हुने वृद्धि वा ह्रासलाइ महंगी दर भनिन्छ ।

विं.सं. २०५० मा १ लिटर तेलको मूल्य रु २०/- थियो र अहिले २०७९ सालमा त्यही तेललाई रु ४००/- पर्दछ भने यो वृद्धिदर १९००% हुन आउँछ ।

महंगी दर = ((पछिल्लो मूल्य-पहिलो मूल्य)/पहिलो मूल्य)*१००
= ((४००-२०)/२०)*१००
= १९००%

के कारणले मुल्यवृद्धी हुन्छ ?

जहाँतहिं र जहिल्यै महंगी भनेको आर्थिक अवस्थाको परिणाम हो जहाँ पैसाको मूल्य भन्दा वस्तु वा सेवाको मूल्य बढी हुन्छ । सामान्य अवस्थामा, जब उत्पादन लागत बढ्न जान्छ वा वस्तु/सेवाको माग वितरण भन्दा छिटोछिटो बढ्न जान्छ त्यतिबेला महंगी बढ्न शुरु गर्छ । महंगी बढ्नुका थुप्रै कारण छन । यी कारणहरुका आधारमा महंगिलाई सामान्यतया ३ प्रकारमा विभक्त गरि बुझ्न सकिन्छ ।

१. मुल्यका कारण हुने महंगी

जब उत्पादन लागत बढ्छ तब वस्तुको मूल्य पनि बढ्छ । बढेको उत्पादन लागत कम्पनिले वस्तु वा सेवा मार्फत उपभोक्ताबाट असुल्छ । उत्पादन लागत बढ्नुका कारणहरु :-
क) कर्मचारीको तलवमानमा वृद्धि
ख) कच्चापदार्थमा भएको मुल्यवृद्धि
ग) सरकारी निति नियम
घ) व्यवसायिक करमा वृद्धि
ङ) दैवी प्रकोप / युद्ध
च) उत्पादन क्षमतामा ह्रास
छ) श्रोतको कमि (कच्चा माल, पैसा आदि)

२. मागका कारण हुने महंगी

जब उत्पादन भन्दा माग छिटोछिटो बढ्न थाल्छ, तब महंगी बढ्छ । बजारमा चिनी कम छ भन्ने थाहा पाउने बित्तिकै मानिसहरु एकै पटक चिनी खरिद गर्न चाहन्छन र आवस्यकता भन्दा बढी खरिद गरि स्टक राख्छन । यसले वजारमा चिनिको कृत्रिम अभाव पैदा हुन्छ । यो अवस्थामा कम्पनिहरु चिनिको मूल्य बढाइदिन्छन । मानिसहरु अतिरिक्त मूल्य तिरेर पनि चिनी किन्छन ।
माग बढ्नुको कारणहरु
क) आर्थिक वृद्धि
ख) करमा कटौती
ग) बजारिकरण
घ) महंगी बढ्ने अपेक्षा
ङ) पैसाको वितरण
च) कम ब्याजदर
छ) सरकारी खर्च
ज) नयाँं आविष्कार
झ) मन्दिबाट उब्जिएको अनियन्त्रित सुधार

३. बनिबनाउ वा सृजित महंगी

inflation-1 महंगी भनेको के हो ?

तस्विर : बनिबनाउ वा सृजित महंगी

बस्तु वा सेवाको मुल्यमा भएको वृद्धिले कर्मचारीलाई जीवन धान्न र आवस्यकता पुर्ती गर्न तलव बढाउन दवाव दिन्छन । बढ्दो तलवले वस्तु वा सेवाको उत्पादन लागत बढ्न जान्छ र कम्पनिहरुले बढेको मूल्य वस्तु वा सेवामा नै समायोजन गर्छन । यो चक्र घुमिरहन्छ ।

पैसाको वितरण र मुल्यमा वृद्धि – धेरै मानिस महंगिलाई सरकारले पैसा छापेकोसंग जोडेर हेर्छन । महंगी त्यतिबेला बढ्छ जब सरकारले देशको आर्थिक वृद्धिभन्दा छिटोछिटो पैसा छाप्ने काम गर्छ । पैसाको वितरण भनेको नोटको मात्र वितरण होइन । पैसाको वितरण भनेको क्रेडिट, ऋण र शेयरपुँजी, धितो हरु पनि हो ।

ब्याजदरमा कमि – जब केन्द्रिय वैंकले व्याजदर घटाउँछ, तब वैंकहरुले धेरै भन्दा धेरै ऋण प्रवाह गर्छन । ऋण प्रवाह नगरे उनिहरु धानिन गार्हो हुन्छ । सस्तो ब्याजदर भएपछी धेरै मानिसहरु र कम्पनिहरु ऋण लिन लालायित हुन्छन । यसले खर्चमा बढोत्तरी हुन्छ । बढी पैसा खर्छ गर्नु भनेको माग बढ्नु हो जसले मुल्यवृद्धिमा सघाउँछ ।

आर्थिक नीति – यदि सरकारले करमा कटौती गर्छ, राम्रो तलव दिन्छ र सेवा सुबिधा थप गरिदिन्छ भने मानिससंग खर्चका लागि प्रयाप्त पैसा हुन्छ । यदि सरकारले व्यवसायिक करमा कटौती गर्छ भने व्यवसायिले कर्मचारिलाई तलव बढाउन सक्छ वा धेरै कर्मचारी काममा लगाउन सक्छ । मानिससंग खरिद क्षमता बढ्छ । जति धेरै मानिसको खर्च गर्ने क्षमता बढ्छ, त्यति धेरै वस्तु वा सेवाको माग बढ्छ जसले महंगी बढाउन मद्दत गर्छ ।

सटही दर – जब पैसाको वहाव धेरै हुन्छ, मुद्राले विदेशी मुद्राको तुलनामा आफ्नो मूल्य घटाउँछ । जसका कारण आयातित वस्तु महंगो पर्न जान्छ किनकी हाम्रो मुद्राको मूल्य अवमुल्यन भएको हुन्छ । सरकारले स्थानिय उत्पादनलाई प्रतिस्पर्धी बनाउन पनि सटहिदर घटाउन सक्छ । यसले पनि आयात गर्नुपर्ने वस्तुलाई महंगो बनाइदिन्छ ।

महंगिको गति

गतिका आधारमा महंगिलाई चारप्रकारमा वर्गिकरण गरि अध्ययन गर्न सकिन्छ । तिनिहरु हुन –
१. घ्रसिंदो महंगी
२. हिड्दो महंगी
३. उफ्रदो महंगी
४. उड्दो / विषम महंगी / चरम महंगी

१. घ्रसिंदो महंगी – जब वार्षिक महंगिदर ३% सम्म बढ्छ, त्यस्तो प्रकारको महंगिलाई घ्रसिंदो महंगी भनिन्छ । आर्थिक वृद्धिका लागि यो महंगिलाई राम्रो मानिन्छ । किनकी यसले उपभोक्तालाई तत्काल किन्न प्रेरित गर्छ र भविष्यमा बढ्न सक्ने महंगिलाई रोक्दछ । यसले माग र आपूर्तिलाई सन्तुलनमा राख्दछ ।

२. हिड्दो महंगी – यो महंगी भनेको एक अंककै महंगी हो । यो महंगि ४% देखि माथी र १०% को विचमा हुन्छ र लामो समयसम्म रहिरहन्छ । यो महंगी चासोको विषय हो । यश महंगिले अर्थतन्त्रलाई धाराशायी बनाउन शुरु गर्छ किनकी उपभोक्ताले भविष्यमा हुनसक्ने महंगिबाट बच्न आवस्यकता भन्दा बढी वस्तु या सेवा खरिद गरि थुपार्न थाल्छ । जब यस्तो हुन्छ, माग र उत्पादनका विच सन्तुलन विग्रन्छ । उत्पादकहरु माग बढेका कारण आफ्नो वस्तुको मूल्य बढाउँछन तर तलव र अन्य सुबिधाहरु बढेको हुदैन जसले गर्दा मानिसको दैनिक/मासिक खर्च बढ्न जान्छ ।

३. उफ्रदो महंगी – जब महंगी दर १०% वा उकालो लाग्छ, यस्तो महंगिलाई उफ्रदो महंगी भनिन्छ । यो अवस्थामा महंगी टाउको दुखाइको विषय बनिसकेको हुन्छ । यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । मुद्राको अवमुल्यन यति छिटोछिटो हुन्छ कि तलवले गति लिनै सक्दैन । खर्च धानिनै सक्दैन । यसले देशको ठूलो जनसंख्यामा नराम्रो असर पार्दछ । खासगरी श्रमिक वर्ग र मध्यम वर्गलाई यसको गंभिर असर पर्दछ । अहिलेको श्रीलंकामा जस्तै । उफ्रदो महंगी नियन्त्रण गर्न सरकारले कडा आर्थिक तथा मौद्रिक नीति अवलम्वन गर्नुपर्ने हुन्छ ।

४. विषम/चरम महंगी – जब महंगी दर मासिक ५०% र वार्षिक १०००% भन्दा बढी हुन्छ, यस्तो महंगी विषम/चरम महंगी हो । यो महंगिको चरम रुप हो । इतिहासमा यश प्रकारको महंगी ५८ पटक घटिसकेको छ । यो अवस्थामा दिनमै कैयौ पटक मूल्य बढिरहेको हुन्छ । विहान रु ५००/- पर्ने पाउरोटी बेलुकी १००,०००/- पर्न सक्छ । पैसाको यति अवमुल्यन भैसकेको हुन्छ कि विहान बेलुकाको छाक टार्न सुटकेसका सुटकेस पैसा खर्च लाग्न सक्छ । सरकारले पैसा छापेको छाप्यै गर्नुपर्ने हुन्छ । यतिबेला खाद्यवस्तुको चरम अभाव हुन्छ । बचत, पेन्सन, लगानी सबै मुल्यहिन हुन्छन । मनिसहरु बैंक प्रयोग गर्न छाडिदिन्छन । वैंकबाट कारोवार बाहिरिन्छ । यो अवस्थामा सम्पुर्ण मौद्रिक प्रणाली नै खत्तम भैसकेको हुन्छ ।

विगत १०० वर्षका विषम महंगिका सवैभन्दा खराव घटनाहरु

१. हंगेरी – जुलाई १९४६
२. जिम्वावे – नोभेम्वर २००८
३. युगोस्लाभीया – जनवरी १९९४
४. जर्मनी – अक्टोबर १९२३
५. ग्रीस – अक्टोबर १९४४

Share this content:

I am an avid Agripreneur working towards sustainable agronomy in Nepal. As the Manager at Shrestha Agri Farm House, I see overall farm operations from developing corporate strategy, portfolio management, developing business plan to project execution. My journey in leadership extends beyond the agribusiness realm. With a rich background as a Program Manager at SWAN for four years, I honed my strategic skills and learned to navigate the complexities of diverse projects. Additionally, I dedicated four years as an Education Consultant at UNICEF Nepal, contributing to initiatives that empower and educate children especially the girls. My digital journey is marked by proficiency in digital marketing, where I specialize in web designing, SEO, social media marketing, google ads, and data analytics. Having delved into the intricacies of online visibility, I understand the importance of a strong online presence. As an avid SEO learner, I constantly strive to stay ahead of the curve in the ever-evolving digital landscape.

Post Comment

You May Have Missed