About Me
आफ्नै बारेमा
ध्रुव श्रेष्ठ समाजवादी आन्दोलनका समर्थक हुन् । नेकपा (एमाले) बाग्लुङ नगरकमिटी सचिव उनी २०४६ सालको जनआन्दोलनदेखि नै समाजवादी आन्दोलनमा होमिएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी विद्यार्थी संगठनको प्रा.क.मा आवद्द भै पंचायत विरूद्दको लडाई लडेका थिए । २०४९ सालमा पाटन क्याम्पसमा भर्ना भएपछी अखिल पाँचौको विद्यार्थीको सडक आन्दोलनमा सक्रिय रहे । २०५३ सालमा पोखरा आएपछि उनी प्ररायुसंघ नेपालसँग निकट भए । २०५५ सालमा प्ररायुसंघ पोखरा नगरकमिटीको सदस्यहुँदै युवासंघ पोखरा नगरकमिटीको उपाध्यक्ष, प्ररायुसंघ कास्कीको जिल्ला सदस्य र प्ररायुसंघ नेपालको केन्द्रिय कमिटीमा प्रचारप्रसार विभागमा सदस्य रही काम गरे । २०५८ सालदेखि पार्टीको संगठित सदस्य भएपछि उनी पोउमनपा वडा नं. ४ को वडा कमिटी सदस्य भै पार्टीको काममा पनि संगसंगै जुटे । २०७३ सालमा आफ्नो स्थायी घर बानपा १४ नारायणस्थान, बाग्लुङ फर्केपछी वडाको पार्टी काममा समर्पित रहे । २०७४ सालमा सम्पन्न संसदीय चुनावमा उनी बानपा १४ को चुनावी गठबन्धनको सफल संयोजक प्रमाणित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उनी वडा सचिव थिए । श्रेष्ठ अहिले बा न पा १४ मा श्रेष्ठ एग्री फार्म हाउस संचालन गर्छन । ०७३ सालदेखि उनी कृषि कार्यमा संलग्न छन । उनी नेपाल कुखुरापालक किसान संघको केन्द्रिय सदस्य पनि हुन । कृषिको व्यवसायिकरणबाट दिगो ग्रामीण अर्थतन्त्रको बिकास गर्न सकिन्छ र रास्ट्रिय पुँजीको आधार तयार हुन्छ भन्ने कुरामा उनी अडिग छन ।

नामः ध्रुव श्रेष्ठ
ठेगानाः बा.न.पा. १४, बाग्लुङ, ३३३०५
सम्पर्क नं. ९८४३२९३३०५
इमेलः dhurbastha@gmail.com
शिक्षाः स्नातक (अंग्रेजी)
रूचीः लेखन, अध्ययन
प्रकाशनः The Blossom Hopeless (कविताकृति)
English for Academic Qualification (भाषा पुस्तक)
संलग्नताः
संचालक – श्रेष्ठ एग्री फार्म हाउस
– श्रेष्ठ डिजिटल मार्केटिङ
www.dhurbashrestha.com
www.dhurbashrestha.com.np
कामकाे विवरण
संचालक – श्रेष्ठ एग्री फार्म हाउस
– श्रेष्ठ डिजिटल मार्केटिङ