Contact
सम्पर्क

ध्रुव श्रेष्ठ
बा.न.पा. १४, नारायणस्थान
बाग्लुङ, ३३३०५
माेवाइल नं. ९८४३२९३३०५
इमेलः dhurbastha@gmail.com
वेवसाइटः https://www/dhurbashrestha.com
https://www.dhurbashrestha.com.np
यहाँकाे रचनात्मक सुझाव र सल्लाह मलाइ पठाउन तलकाे फर्म प्रयाेग गर्नुहाेला ,
सामाजिक संजालमा तपाइहरू मलाइ यहाँ भेट्न सक्नुहुन्छ ।
ध्रुव श्रेष्ठ समाजवादी आन्दोलनका समर्थक हुन् । नेकपा (एमाले) बाग्लुङ नगरकमिटीका कार्यालय सचीव उनी २०४६ सालको जनआन्दोलनदेखि नै समाजवादी आन्दोलनमा होमिएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी विद्यार्थी संगठनको प्रा.क.मा आवद्द भै पंचायत विरूद्दको लडाइ लडेका थिए । २०४९ सालमा पाटन क्याम्पसमा भर्ना भएपछी अखिल पाँचौको विद्यार्थीको सडक आन्दोलनमा सक्रिय रहे । २०५३ सालमा पोखरा आएपछि उनी प्ररायुसंघ नेपालसँग निकट भए । २०५५ सालमा प्ररायुसंघ पोखरा नगरकमिटीको सदस्य हुँदै युवासंघ पोखरा नगरकमिटीको उपाध्यक्ष, प्ररायुसंघ कास्कीको जिल्ला सदस्य र प्ररायुसंघ नेपालको केन्द्रिय कमिटीमा प्रचारप्रसार विभागमा सदस्य रही काम गरे । २०५८ सालदेखि पार्टीको संगठित सदस्य भएपछि उनी पोउमनपा वडा नं. ४ को वडा कमिटी सदस्य भै पार्टीको काममा पनि संगसंगै जुटे । २०७३ सालमा आफ्नो स्थायी घर बानपा १४ नारायणस्थान बाग्लुङ फर्केपछी वडाको पार्टी काममा समर्पित रहे । २०७४ सालमा सम्पन्न संसदीय चुनावमा उनी बानपा १४ को चुनावी गठबन्धनको सफल संयोजक प्रमाणित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उनी वडा सचिव थिए । मिति २०८१ साल जेष्ठ १८–१९ गते सम्पन्न बाग्लुङ नगरकमिटीकाे दाेस्राे नगरअधिवेशनले उनलाइ नगरकमिटी बाग्लुङकाे सचिवकाे जिम्मेवारी प्रदान गरेकाे छ । ध्रुव श्रेष्ठ अहिले बा न पा १४ मा श्रेष्ठ एग्री फार्म हाउस संचालन गर्छन । ०७३ सालदेखी उनी कृषि कार्यमा संलग्न छन । उनी नेपाल कुखुरापालक किसान संघको केन्द्रिय सदस्य पनि हुन । कृषिको व्यबसायिकरणबाट दिगो ग्रामीण अर्थतन्त्रको बिकास गर्न सकिन्छ र रास्ट्रीय पुजीको आधार तयार हुन्छ भन्ने कुरामा उनी अडिग छन ।
Post Comment