Loading Now

उज्यालाेकाे खाेजीमा

liberty उज्यालाेकाे खाेजीमा

ध्रुव श्रेष्ठ

कलुषित मनहरू
दिन, दिनभर । रात, रातभर
व्यस्त छन् – षडयन्त्रका पहाडहरू उभ्याउन
कतै,
स्वतन्त्रतालाइ कैद गर्न सकिन्छ कि भनेर
कतै,
फूत्किएका मनहरूलाइ बाँध्न सकिन्छ कि भनेर
बाँधेर । कैद गरेर मनहरू
उ गर्न चाहान्छ राज्य मनहरूकाे
तर,
खबरदार, हतिहासमा मैले
कदापी, मनहरू कैद भएकाे सुनेकाे छैन
कदापी, मनहरू बाँधिएकाे सुनेकाे छैन

दुस्वप्न हुन्, ती तिम्रा सपनाहरू
कलुषित हुन्, ती तिम्रा भावनाहरू
सडकभरि – छरपष्ट मनहरू
धावा बाेलिरहेछन् – तिम्रा विरूद्द
कलमहरू – छताछुल्ल पानाभरी
क्रान्ति ओकलिरहेछन् – तिम्रा विरूद्द
र, अझैपनि
दुस्वप्न देख्छाै भने, मनहरूकाे कैद
खबरदार,
मनहरू, कहिल्यै बाँधिन जानेनन्
मनहरू, कहिल्यै कैद हुन जानेनन्
ए, कलुषित मनहरू
”स्वतन्त्रता हाम्राे जन्मसिद्द अधिकार हाे ।”
२०६० साल असार २७ गते, पाेखरा ।

शब्दहरू

मैले त्यस्ता शब्दहरू कहिल्यै सुनिन
शब्दहरू, मुटुभित्र कतै दविएर रहेका
शब्दहरू तिखा छन्
र,
संगीत वाहियात् छ
तर त्यसकाे सुखानुभूति अलाैकिक छ ।

कस्ताे वाहियात् कुरा
के तपाइले कहिल्यै सुन्नुभएकाे छ ?
वाहियात् संगीत – सुमुधुर हुन्छ
तिखा ध्वनीहरू – सुन्दर हुन्छन्
तर म कसम खाएर भन्छु
मैले त्यसलाइ सुनें
मैले त्यसलाइ अनुभुत गरें
याे एकदमै सुन्दर र सांगीतिक छ ।
२०६० साल असार २५ गते, पाेखरा ।

गरिवी

भाेकाएकाे जमीरले मलाइ साेध्याे
ए मान्छे – तलाइ भाेक लागेकाे छैन ?
लाग्न त मलाइ भाेक लागेकै थियाे नी
तर, मैले जवाफ दिंए
अहँ मलाइ भाेक लागेकाे छैन
किनकी,
भाेक लाग्याे भन्नुकाे त्यहाँ कुनै अर्थ थिएन
एक छाक राेटी पनि जुटाउन धाै धाै भैरहेका वेला
म कसरी भाेककाे कुरा गर्न सक्थें र ।

थरथरी काँपेकाे तनले मलाइ साेध्याे
ए मान्छे–तलाइ जाडाे भएकाे छैन ?
मैले मनमनै मनसंग मुर्मुरिंदै भनें
अहँ मलाइ जाडाेकाे अनुभूत नै भएकाे छैन
किनकी
मसंग अाँग ढाक्ने एकजाेर न्यानाे कपडा पनि थिएन
उ हाँस्याे, खिस्स हाँस्याे र भन्याे
साँच्चीकै तिमी त फलाम रहेछाै
मैले मनमने भनें
गरीवहरू वास्तवमा फलाम त हुन् नि ।

उज्यालाेकाे खाेजीमा

राता रगतका टाटाहरू सडकभरी
मेटिन नपाउँदै पुनः
बन्दुककाे खेल शुरू भएकाे छ
शुरू भएका छन्
षडयन्त्र, छलछाम र कपटका काला खेलहरू
अन्मनयस्क छ समय ।

फक्रन नपाउँदै मुनाहरू बाेटमा
चुँडिदैछन् र झर्दैछन् क्रुरतापूर्वक
इतिहासकाे पानामा पुनः
रचिंदैछ थप एउटा इतिहास – कालरात्रीकाे
खवरदार, कालरात्रीपूजकहरू
नधुपाउ कालरात्रीहरू
र, नपस्क भाेजहरू राँगाका
किनकी
भाेलि त उज्यालाे हुनु नै छ ।


(ध्रुव श्रेष्ठ एक कवि मन हुन् । उनकाे अंग्रेजी कविताकृति The Blossom Hopeless प्रकाशित छ । उनी ५० काे दशकमा पाेखरा बसे । पाेखरामा रहँदा उनी पाेखरेली युवा सांस्कृतिक परीवार (पाेयुसाप) संग नजिक रहे । उनी पाेयुसापकाे एक कार्यकाल सदस्य र एक कार्यकाल सचिव रहे । उनी सरूभक्तकाे संरक्षण कविता आन्दाेलन, पाेयुसापकाे कविता सन्ध्या र परीवारकाे भ्रष्टचारविरूद्दकाे कार्यक्रममा सहभागी रहे । ०५८ सालमा जव राजा ज्ञानेन्द्रबाट देशकाे शाशनसत्ता हातमा लिए, उनी पाेखरामा ‘राजतन्त्रका विरूद्द उज्यालाेकाे खाेजी’ मा सडक–सडक कविताबाटै सडक तताउँदै थिए । यी कविताहरू साेही उज्यालाेकाे खाेजिकाे सन्दर्भमा रचना गरीएका थिए।)

Share this content:

I am an avid Agripreneur working towards sustainable agronomy in Nepal. As the Manager at Shrestha Agri Farm House, I see overall farm operations from developing corporate strategy, portfolio management, developing business plan to project execution. My journey in leadership extends beyond the agribusiness realm. With a rich background as a Program Manager at SWAN for four years, I honed my strategic skills and learned to navigate the complexities of diverse projects. Additionally, I dedicated four years as an Education Consultant at UNICEF Nepal, contributing to initiatives that empower and educate children especially the girls. My digital journey is marked by proficiency in digital marketing, where I specialize in web designing, SEO, social media marketing, google ads, and data analytics. Having delved into the intricacies of online visibility, I understand the importance of a strong online presence. As an avid SEO learner, I constantly strive to stay ahead of the curve in the ever-evolving digital landscape.

Post Comment

You May Have Missed