उत्खनन् – पाेखरेली युवा साँस्कृतिक परिवारकाे भ्रष्टचार विरूद्दकाे कविता आन्दाेलन

भ्रष्टचार एक प्रकारकाे गहन सामाजिक अपराध हाे । यसकाे नियन्त्रण मुलुककाे लागि एक चुनाैतिपूर्ण कार्य हुन पुगेकाे छ ।
राजनीति नै शाशन संचालनकाे मियाे हाे । जब राज (शाशन) काे नीति (मुल) नै भ्रष्टचार हुन्छ, तब देशमा शुशाशन हाेइन, कुशाशनकाे बाेलवाला हुन्छ । मुलुकले भाेग्दै आएकाे राजनीतिक अस्थिरताले भ्रष्टचारकाे जरा यति फैलिएकाे छ कि यसकाे असर सामान्यभन्दा पनि सामान्य व्यक्तिले व्यहाेर्नु परेकाे छ । भ्रष्टचारलाइ नियन्त्रण गर्नका लागि सरकारकाे सही नीतिनियम, प्रशाशनकाे उच्च मनाेबल र नागरीककाे भ्रष्टचार विरूद्द व्यापक जनसहभागिता आवश्यक छ । यसै कुरालाइ मध्यनजर गर्दै, भ्रष्टचार विरूद्द संस्थागत रूपमा व्यापक जनचेतना जगाइ देशका विभिन्न तह र तप्काका व्यक्तिहरूमा सजगता ल्याउनुपर्ने कुरालाइ मनन गर्दै साहित्यिक मनहरूले सिर्जना गरेका अभिव्यक्तिहरूबाट नै सजगता तुल्याउने कार्यमा प्रभावकारी भूमिका खेल्न सक्ने र साे कार्य सर्वप्रथम स्थानीयस्तरबाट नै सुरूवात गर्न सकेकाे खण्डमा प्रभावकारी हुने अभिप्रायबाट पाेखरेली युवा साँस्कृतिक परिवारकाे आयाेजनामा तथा ट्रान्सपरेन्सी इन्टरनेशनल, पाेखरा सहयाेगी समुहकाे तत्वावधानमा २०६१ साल भदाै ५ गतेदेखि असाेज १ गतेसम्म १ महिनाव्यापी सुशाशनका पक्षमा तथा भ्रष्टचारविरूद्द साहित्यिक अभियान २०६१ काे आरम्भ गरीएकाे थियाे । मेरा यी कविताहरू, त्यही अभियानका क्रममा सिर्जना गरीएका हुन् । अभियानमा संलग्न ३५ जना कविकवियत्रीहरूकाे रचनाकाे संकलन नै उत्खनन् हाे । उत्खनन् का कविताहरू पढ्न कविताहरूकाे पुछारकाे लिंकमा क्लिक गर्नुहाेला ।
ध्रुव श्रेष्ठ – तात्कालिन सचिव, पाेयुसाँप
मेराे स्वाभिमान बलात्कार भएकाे छ
संवेदना हराएकाे अजिंगरझैं
म अभिषप्त छु, माैन बस्न
मेराे स्वाभिमान बलात्कार भएकाे छ ।
कस्काे केही लाग्दाे रहेनछ
जव नीतिकाे राज नै भ्रष्ट भएपछि
यहाँ भ्रष्टहरूकै राज चलेकाे छ
र, संकीर्ण बाँचिरहेछन्, भ्रष्टविराेधीहरू
जब जब, सालासालीहरू भर्ती हुन्छन् सरकारी पदहरूमा
र, जवजव घरका घर ठडिन्छन्, आफन्तहरूका
किनिन्छन् घडेरीहरू मुटु सडकमा बर्षदिन नहुँदै
मलाइ, तिमीप्रति घिन लाग्छ ।
राजनीतिकाे जामा ओढेर
राजनीतिकाे बलात्कार गर्ने नेताहरू
जव तिमी भरियाबाट पनि उसकाे पसिना लुटिरहेका हुन्छाै
तिम्राे मुखमा, पिच्च थुक्न मन लाग्छ
र, चिच्याउन मन लाग्छ – भ्रष्ट नेता मूर्दावाद ।
संवेदना हराएकाे अजिंगरझैं
म अभिषप्त छु, माैन बस्न
मेराे स्वाभिमान बलात्कार भएकाे छ
प्रजातन्त्रमाथि, भ्रष्टचार भएकाे छ यहाँ।
बन्द खाम
टेबलमुनिबाट
बन्दखाम खल्तीमा पुगेपछि
कालाे पनि सेताे बन्छ न्यायलयमा ।
अब त बन्दखामविना
काम नबन्ने भएकाे छ देशमा
खै के छ कुन्नि त्याे बन्द खामभित्र ।
ए सेते दाइ,
बन्द खाम छ खल्तीमा ?
नत्र महिनाैं कुर्नुपर्छ है
त्याे पनि अनिश्चित ।
एउटा, चुराेट हजुर
र, सलाइ पनि
ल, हजुर पनि के मर्जी भा भन्या
बन्द खामविना पनि काम बन्छ र आजकल ?
आधुनिक ड्रयाकुलाहरू
संवेदनारहित शुन्य आँखाले
उसले मलाइ घाेच्याे
र, भन्याे
जबसम्म समर्पित राेबाेकपहरू रहिरहन्छन्
म सुरक्षित छु ।
ड्रयाकुलाझैं
जब उ मानिसका स्वाभिमान र पसिनाप्रति
लक्षित गर्दै आफ्ना डरलाग्दा दाँतहरू उज्याउँछ
मलाइ लाग्छ –
उ आधुनिक ड्रयाकुला हाे ।
रक्तपिपासु भ्याम्पाएर हाे ।
चलचित्रका ड्रयाकुलाझैं
चलचित्रका भ्याम्पाएरझैं
ड्रयाकुला, आज हाम्राे वास्तविकता भएकाछन् ।
दिनमा, शालिनताकाे खाेल ओढेर
रातमा भ्याम्पाएर बन्नेहरू
जबसम्म चुसिरहनेछन्, मानव रगतका स्वाभिमानी बुँदहरू
र, राेबाेकपहरू उनीहरूप्रति समर्पित रहनेछन्
याे चुसाइ यथावत् रहनेछ
यहाँ राेबाेकपहरूकाे स्वाभिमान बन्धकमा छ ।
ओ राेबाेकप, तिमी पनि
चुसाइकाे मतियार बनेका छाै
ज्ञानवश, अज्ञानवश, खबरदार ।
चलचित्रका ड्रयाकुलाहरू
चलचित्रका भ्याम्पाएरहरू
आज हाम्रा वास्तविकता बनेका छन्
उ हेर त
हाम्रै वरिपरि छन् आधुनिक ड्रयाकुलाहरू ।
उत्खनन् – पाेखरेली युवा साँस्कृतिक परिवारकाे भ्रष्टचार विरूद्दकाे कविता आन्दाेलन
Share this content:
Post Comment