Loading Now

जेन्जी आन्दोलन र यसकाे भविष्य

gen-z-1 जेन्जी आन्दोलन र यसकाे भविष्य
जेन्जी आन्दोलनमा सहभागी युवाहरू । आन्दोलनले मात्र २७ घण्टामा सरकारलाइ अपदस्त गरेकाे थियाे । यस आन्दोलनमा ७४ जनाकाे मृत्यु भयाे भने देशभर सरकारी संरचना, व्यवसायिक संरचना र नेताका घरहरू जलाइएकाे थियाे ।

नेपालले विगत १७ वर्षसम्म निरन्तर संक्रमणकै राजनीति भोगेको छ ।  राजतन्त्रबाट गणतन्त्र, युद्धबाट शान्ति, संविधान सभा, संघीयता, निरन्तर सरकार परिवर्तन … । तर, परिवर्तनको लाभ सामान्य नागरिकले महसुस गर्न सकेनन् । युवामा यी तीन पीडा – बेरोजगारी र व्यापक वैदेशिक पलायन, राज्य संरचनामा भ्रष्टाचारको संस्थागतकरण र दलहरू बीचको निरन्तर सत्ता-द्वन्द्वले विशेष गरी गहिरॊ प्रभाव पार्यॊ ।

जेन्जी आन्दोलन यिनै समस्याहरूको चरम प्रतिक्रियाको रूपमा उदायो। यो आदर्शवादी र भावनात्मक  ऊर्जा समेटिएको विद्रोह थियो, जसको नेतृत्व संगठनले नगरेर सड़कले गर्यो । स्वभाविक यॊ हिंसामा परिणत भयॊ ।

जेन्जी आन्दोलन पश्चात् नेपाल एक जटिल मोडमा उभिएको छ । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिंदै जाँदा विभिन्न राजनीतिक दलहरु आ–आफ्नै चुनावी रणनीतिमा जुटिसकेकाछन् । प्राय: सवै राजनीतिक दलले यो आन्दोलन हो भन्दै यसको स्पिरिट अनुसार चुनावमा होमिइसक्दा नेकपा एमाले अझै पनि यो विध्वंस र आतंक हो भन्दै यस आन्दोलनको विरुद्द आफुलाई उभ्याउँदै आइरहेको छ ।

पछिल्लो भदौ २३ र २४ को राजनीतिक परिस्थितिलाई बुझ्न दुई भिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ — जेन्जी आन्दोलनलाई जनताको विद्रोहको स्वाभाविक परिणाम मान्ने पक्ष र यसलाई विध्वंस तथा बाह्य शक्तिद्वारा प्रेरित अस्थिरता ठान्ने पक्ष। यसपालिको चुनावमा, यी दुइ धारहरू मूल विमर्श बनेका छन्।

जेन्जी आन्दोलनपछि नेपालको अवस्था

जेन्जी आन्दोलन केवल सडक प्रदर्शन मात्र थिएन । यॊ त दशकौँदेखि थिचिएको भ्रष्टाचार, राजनीतिक असक्षमता, र सत्ता–शक्ति दुरुपयोगको विरुद्ध जनताको विस्फोट थियो। विशेष गरी युवापुस्तामा राजनीतिक निराशा चुलिँदै गएको थियो, किनकि राजनीतिक दलका नेताहरूले परिवर्तनको वाचा त गरे तर शासन शैली भने उस्तै रह्यो। उनीहरूले रोजगार, समृद्धि र न्यायको मुद्दा त उठाए तर जनताका अपेक्षा पूरा भएनन् । अनि, राज्यका संसाधन र अवसरहरू पनि पंचायत कालमा जसरी सीमित व्यक्तिहरूमै केन्द्रित भए। यसले युवामा मुलधारका राजनीतिक दलप्रति गहिरो असन्तुष्टि सिर्जना गर्‍यो।
निश्चित रूपमा फागुन २१ कॊ निर्वाचन यही अवस्थाकॊ अन्त्यका लागी हुँदैछ।

“यो आन्दोलन जनआवाज थियो” भन्ने धार
यस धारकॊ स्पष्ट बुझाइ के छ भने – भदौ २३–२४ को घटना भ्रष्ट व्यवस्था विरुद्ध जनताको प्रतिरोध हॊ । पुराना दलहरू सच्चिन तयार छैनन् र उनीहरूबाट परिवर्तन सम्भव छैन । त्यसैले नयाँ राजनीतिक नेतृत्व र संरचनाको आवश्यकता छ । यो धारलाई नयाँ शक्ति निर्माण गर्न खोज्ने समूहहरूले अगाडि बढाएका छन्।

“यो विध्वंस, अराजकता र बाह्य हस्तक्षेप थियो” भन्ने धार
विशेषगरी नेकपा एमालेले यसलाई राष्ट्र र व्यवस्थामाथिकॊ हमला मानेको छ। यसले, आन्दोलनलाई विदेशी शक्तिको एजेन्डा भनेर प्रचार गर्दै छ र सुरक्षा, राष्ट्रियता र स्थिरताको कार्ड खेल्दै छ। नेकपा एमाले एक्लैहोला तर राष्ट्रवादकै वैधता  जोगाउने रणनीतिमा देखिन्छ।

मुख्य प्रश्न के हो त ?

नेपाल अहिले केवल दलहरूको प्रतिस्पर्धा मा सिमित छैन । यॊ दुई राजनीतिक भविष्यको टक्कर का बीचमा उभिएको छ —पहिलॊ पक्षले यॊ आन्दोलन जनअधिकारको स्वर भन्दै पुरानो नेतृत्वको असफलता र नयाँ पुस्ताको शासनमा विश्वास राख्छ र मतदानले संरचनात्मक सुधार, नयाँ राजनीतिक संस्कृतिकॊ भविष्य निर्धारण गर्ने कुराकाे वकालत गर्छ । दॊस्रॊ पक्षले आन्दोलन अराजकता हॊ भन्छ र राजनीतिक स्थिरता बिना विकास सम्भव छैन भन्दै आफ्नॊ स्पष्ट बहुमत आउने दावी गरेकॊ छ । निर्वाचनमा यॊ पक्ष हावी हुँदा राष्ट्रिय सुरक्षा, राष्ट्रियता र पुरानै संरचनाको निरन्तरता हुनेछ ।          
तर विर्सन नहुने कुरा के हॊ भने, भदौ २३–२४ केवल अराजकताको विस्फोट थिएन । यो त संकुचित, बन्द, र आत्मकेन्द्रित राजनीतिक व्यवस्थामा संचित पीडाको परिणाम थियो। त्यसलाई केवल आतंक भनेर नकार्न खोज्नु भनेकॊ जनआवाजलाई उपेक्षा गर्नु, समस्याको मुल जरोबारे बहसबाट पर हुनु र आफ्नै गल्ती बारे आत्मनिरीक्षण नगर्ने स्वभावकै अभिव्यक्ति हो। यति हुँदाहुँदै पनि आन्दोलनकै नाममा अव्यवस्थालाइ वैध बनाउने खतरा पनि त्यत्तिकै गम्भीर छ । जनआन्दोलनले व्यवस्था बदल्छ तर व्यवस्था भत्काएर होइन, नयाँ न्यायपूर्ण विकल्प निर्माण गरेर ।

आगामी चुनावले मूलतः यस्तो प्रश्नको जवाफ खोज्दैछ : नेपाललाई अघि बढाउने शक्ति — पुरानै शैलीको सत्ता स्थिरता हो कि नयाँ पुस्ताको सुधारवादी आँधी ? अब मतदानले निर्क्यौल गर्नेछ कि सुधारको बाटो खुल्नेछ कि पुरानै सत्ता संरचनाले फेरि राज्यसंयन्त्र नियन्त्रणमा लिनेछ

Share this content:

I am an avid Agripreneur working towards sustainable agronomy in Nepal. As the Manager at Shrestha Agri Farm House, I see overall farm operations from developing corporate strategy, portfolio management, developing business plan to project execution. My journey in leadership extends beyond the agribusiness realm. With a rich background as a Program Manager at SWAN for four years, I honed my strategic skills and learned to navigate the complexities of diverse projects. Additionally, I dedicated four years as an Education Consultant at UNICEF Nepal, contributing to initiatives that empower and educate children especially the girls. My digital journey is marked by proficiency in digital marketing, where I specialize in web designing, SEO, social media marketing, google ads, and data analytics. Having delved into the intricacies of online visibility, I understand the importance of a strong online presence. As an avid SEO learner, I constantly strive to stay ahead of the curve in the ever-evolving digital landscape.

Post Comment

You May Have Missed