नयाँ शिक्षा ऎनका सिद्धान्त (principle) हरुका बारेमा

गणतन्त्र प्राप्तिपछिको लामो समय पश्चात् अहिले शिक्षकहरु आन्दोलनमा छन् । २५ औं दिन भैसक्यो शिक्षकहरु काठमाडौमा सडकमा उत्रेको । तर समाधान निस्केको छैन । अहिले शिक्षा ऎन नबनाई शिक्षकहरु विद्यालय नफर्कने भन्नुभएको छ । यो जायज छ । २०२८ सालमा बनेको शिक्षा ऎनले अहिलेको समस्याहरु संबोधन गर्न सक्दैन । यसमा आमुल परिवर्तन आवश्यक छ । नयाँ संविधानको जगमा नयाँ शिक्षा ऎन जरुरी छ ।
यी बहसकावीच हामीले अब बन्ने नयाँ शिक्षा ऎनका सिद्धान्त (principle) हरुका बारेमा विशेष चर्चा गर्नु आवश्यक ठान्दछु र यहाँ आफ्ना मत राख्ने अनुमति चाहन्छु ।
मेरो पहिलो करियर एक शिक्षकका रुपमा वि.सं. २०५० सालमा जनकपुरस्थित एक निजी विद्यालयबाट शुरु भयो । त्त्यसपछि बारा अनि कास्कीमा गरी झन्डै ६ वर्ष शिक्षकका रुपमा काम गरियो । सन् २००५ – २००७ सम्म जनकपुरस्थित आसमान नेपाल नामक गैससमा विद्यालय स्वागत कार्यक्रम संयोजक, सन् २००८ – २०१२ सम्म युनिसेफ नेपाल भरतपुरमा शैक्षिक परामर्शदाता (एजुकेसन कन्सल्ट्यान्ट) र सन् २०१३-२०१६ सम्म नेपाल लोककल्याण संघ (स्वान नेपाल) मा प्रोग्राम म्यानेजरका रुपमा गरी झण्डै १७ वर्ष शिक्षाको क्षेत्रमा काम गर्ने अवसर प्राप्त भयो । यसक्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहटका लगभग ८०% विद्यालय (करिव २००० विद्यालय) का शिक्षक, व्यवस्थापन समिति, शिअसंघ, शिक्षक नेता, श्रोतव्यक्ति, विद्यालय निरीक्षक तथा जिल्ला शिक्षा कार्यालयहरुसंग प्रत्यक्ष भेटघाट गरी ति विद्यालयको शैक्षिकस्तर सुधार गर्न (खासगरी बिद्यालय भर्ना, बालिका शिक्षा, विद्यालय सुधार योजना निर्माण, गाउँ शिक्षा योजना निर्माण तथा जिल्ला शिक्षा योजना निर्माण) मा महत्त्वपूर्ण अवसर प्राप्त भयो । मधेस आन्दोलनका क्रममा पनि डटेरै फिल्डमा काम गरियो । झण्डै ४५ जना जिसिअ, १५ जना प्रजिअ, सयौं शिक्षक नेताहरुसंग संगै मिलेर काम गरियो । त्यसका अलावा, क्षेत्रीय निर्देशनालय र शिक्षा विभागसंग पनि समन्वय गर्ने काममा सरिक भइयो । माइक्रोप्लानिङ र विद्यालय सूचना व्यवस्थापन प्रणाली (EMIS) मा पनि काम गरियो । धनुषा जिल्लामा गरेको मेरो एक अध्ययनमा त्यहाँको विद्यालयमा वार्षिक प्रतिविद्यार्थी सरकारको लगानी कम्तीमा रु ११००/- देखि रु १३०००/- सम्म रहेको थियो । यसका लागी मैले ति विद्यालयहरुको वार्षिक आयव्यय र विद्यार्थी संख्यालाई आधार बनाएको थिए । त्यसपछि शिक्षा विभागले per child funding (PCF) को concept ल्याएको थियो । २०६२/०६३ को जनआन्दोलनले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो । त्यसपछि शिक्षा विभाग र शिक्षक संगठनले शैक्षिक परिवर्तनका लागी आयोजना गरेका विभिन्न गोष्ठी, सेमिनारमा सहभागी हुँदै आफ्ना मत राख्ने काम गरियो ।
गणतन्त्र प्राप्तिपछिको लामो समय पश्चात् अहिले शिक्षकहरु आन्दोलनमा छन् । २५ औं दिन भैसक्यो शिक्षकहरु काठमाडौमा सडकमा उत्रेको । तर समाधान निस्केको छैन । अहिले शिक्षा ऎन नबनाई शिक्षकहरु विद्यालय नफर्कने भन्नुभएको छ । यो जायज छ । २०२८ सालमा बनेको शिक्षा ऎनले अहिलेको समस्याहरु संबोधन गर्न सक्दैन । यसमा आमुल परिवर्तन आवश्यक छ । नयाँ संविधानको जगमा नयाँ शिक्षा ऎन जरुरी छ ।
यि बहसकाविच हामीले अब बन्ने नयाँ शिक्षा ऎनका सिद्धान्त (principle) हरुका बारेमा विशेष चर्चा गर्नु आवश्यक ठान्दछु र यहाँ आफ्ना मत राख्ने अनुमति चाहन्छु ।
१. नेपालमा शिक्षाको मुख्य उदेश्य यस्तो नागरिकहरुको विकास गर्नु हो जुन जननिर्वाचित प्रतिनीधिहरुद्दारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु, त्यसलाई मजबुत बनाउनु र थप परिस्कृत बनाउनु हो ।
२. वास्तविक प्रभावशाली गणतन्त्रको स्थापना (जसको सम्बन्ध नेपाली जीवनको सबै पक्षहरु र राष्ट्रिय आर्दशहरुको पक्षपोषण संग सम्बन्धित छ) त्यत्तिवेला मात्र संभव छ जव शिक्षाका लागि सबैलाई समान अवसर प्राप्त हुन्छ ।
३. शिक्षाको स्वरुपमा शिक्षकहरुको आदर्श, तीनको तयारी र उनीहरुको अनुशाशन प्रतिविम्वित हुन्छ ।
४. जो कसैले पनि शिक्षणलाई पेशा/व्यवसायका रुपमा ग्रहण गर्दछ उसको यो उत्तरदायित्व हो की उसले यो पेशा/व्यवसायको आदर्श अनुरुप आचरण/व्यवहार गरोस् ।
५. यी आचरणहरुको निर्देशनका लागि नेपाल सरकारले आफ्ना शिक्षक वर्गका लागि यी सिद्धान्तहरु जारी गरेको छ । यो सिद्धान्त प्रारम्भिक बालविकास, आधारभूत र मावि तहका सबै शिक्षकहरुका लागि लागू हुनेछ ।
पहिलो सिद्दान्त : शिक्षण पेशा/व्यवसायको सबभन्दा प्रमुख उत्तरदायित्व यो हो की उसले बालक, यूवा तथा वयस्कहरुको ज्ञान आर्जन र कौशल प्राप्त गर्नमा कुशल निर्देशन देओस् । उनीहरुलाई प्रजातान्त्रिक तरिकाको लागी तयार गरोस् र उनीहरुलाई सुखी, कर्मठ र आत्मनिर्भर नागरिक बन्नमा सहायता प्रदान गरोस् । राष्ट्रको शक्ति प्रत्येक नेपाली नागरिकको सामाजिक उत्तरदायित्व, आर्थिक योग्यता र नैतिक शक्तिमा निर्भर छ ।
यो पहिलो सिद्दान्तको उत्तरदायित्व पूरा गर्नका लागि शिक्षकले :
१. प्रत्येक विद्यार्थीको साथ न्यायपूर्ण र विश्वस्तरुपले व्यवहार गर्नेछ चाहे उसको रंग, रुप, जाति, धर्म, शारिरीक बनावट, मानसिक योग्यता, आर्थिक परिस्थिति जस्तोसुकै होस् ।
२. विद्यार्थीमा निहित विभिन्नतालाई मान्यता दिनेछ र सोही अनुरुप शिक्षण प्रक्रियामा फेरबदल गर्नेछ ।
३. विद्यार्थीको आफ्नो उद्देश्यतर्फ अगाडी बढ्न र आफ्नो शारिरीक, मानसिक, आत्मिक र कलात्मक योग्यताहरु बढाउनका लागि प्रोत्साहित गर्नेछ ।
४. विद्यार्थीलाई नेपाली मौलिकताको संघीय लोकतान्त्रिक गणतन्त्रको पूरा लाभ र अवसर तथा यसका साथै संघीयलोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो उत्तरदायित्व संझनमा मद्दत गर्नेछ ।
५. प्रत्येक बालबालिकाको गोपनीयताको हक कायम राख्नेछ ।
दोस्रो सिद्दान्त: शिक्षक अभिभावकहरुको साथमा बालवालिकाहरुको प्रयोजनहरुलाई स्पष्ट गर्ने र सामाजिक रुपले ती उद्देश्य प्राप्तिका निम्ति सहायक हुनेछ। घरसंग सहकारीताको सम्बन्धमा रहनाले शिक्षण प्रभावशाली हुन्छ ।
दोस्रो सिद्दान्तको उत्तरदायित्व पूरा गर्न शिक्षकले
१. अभिभावकहरुको विद्यार्थीहरुप्रति मूलभूत उत्तरदायित्वको आदर गर्नेछन् ।
२. विद्यार्थीहरुको परिवारसंग मित्रता र सहकारीताको सम्बन्ध स्थापित गर्न प्रयत्न गर्नेछन् ।
३. विद्यार्थीहरुलाई आफ्नो घरपरिवारप्रति विश्वास बढाउन मद्दत गर्नेछन् र परिवारप्रति कुनै पनि नराम्रो कुरा गर्ने छैनन् जसले विद्यार्थीलाई आघात पुगोस् ।
४. विद्यार्थीहरुको विषयमा अभिभावकहरुलाई विद्यार्थीको हितमा हुने सूचनाहरु प्रदान गर्नेछन् र ती सूचनाहरुको सही उपयोग गर्न अभिभावकलाई सहयोग गर्नेछन् ।
५. अभिभावकहरुलाई विद्यार्थीहरुको प्रगति सम्बन्धी सूचनाहरु नियमित प्रदान गर्नेछन् ।
तेस्रो सिद्दान्त: शिक्षकवर्गको हातमा बालबालिकाको पढाई एक सार्वजानिक धरोहर जस्तै हो जसमा शिक्षकहरुको केवल नीजि आचरण मात्र होइन पुरा समुदाय र स्कुलको आचरण आदानप्रदान सम्मिलित हुन्छ। शिक्षण प्रक्रिया त्यत्तिवेला मात्र प्रभावकारी हुन्छ जव यो सम्बन्ध मित्रता, सहकारीता र प्रेमको वातावरणमा गरीन्छ ।
यो तेस्रो सिद्दान्तको उत्तरदायित्व पुरा गर्न शिक्षकले
१. व्यवहारलाई सही ढंगले दृढतापूर्वक अपनाउने छ जुन यो व्यवसायका लागि सर्वमान्य छ ।
२. नागरिकको कर्तव्यको पालना गर्नेछ । विद्यार्थी, आफ्नो परिवार तथा स्वय आफूप्रति उत्तरदायी बन्दै समुदायको कार्यमा सहभागी हुनेछ ।
३. विवादग्रस्त कुराहरुमा निष्पक्षरुपले कुराकानी गर्नेछ ।
४. यो कुरा मान्ने छ की सामुदायिक विद्यालय जनताको हो। जनसमुदायबाट स्कुल किन आवश्यक छ भनी निर्धारण गर्नमा सहयोग लिनेछ र विद्यालयको कार्यक्रमहरु जनसमुदायलाई प्रष्ट पार्नेछ ।
५. जुन समुदायको विद्यालयमा उसले काम गरीरहेको छ, उसको सम्मान गर्नेछ र शिक्षा व्यवस्था, समुदाय, राज्य र राष्ट्रप्रति वफादार रहनेछ ।
६. समुदायमा शिक्षालाई सुधार गर्ने र आफ्नो नैतिक जीवन उँचो पार्ने काम गर्नेछ ।
चौथो सिद्दान्त: शिक्षक वर्गको आफ्नो पेशा/व्यवसाय प्रति अनिवार्य जिम्मेदारीहरु छन् । यी जिम्मेदारीहरुको पालना विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, र शिक्षक कर्मचारीको राम्रो सम्बन्ध र सम्मान माथी निर्भर रहन्छ ।
यो चौथो उत्तरदायित्व निर्वाह गर्न शिक्षकले
१. शिक्षणकार्य उचित तवरले गर्नेछ ।
२. गोपनीय तथा कार्यालयको गोप्य सूचनाको बारेमा अनधिकृत व्यक्तिसंग कुराकानी गर्नेछैन ।
३. आफ्नो योग्यता अनुसार नोकरी गर्नेछ। अरु कसैको पढाइको स्थान लिने प्रयत्न गर्नेछैन ।
४. त्यस्तो नोकरी वा स्थान ग्रहण गर्न अस्वीकार गर्नेछ जुन नोकरी वा पदमाथि विवाद चलिरहेछ । अथवा जुन अव्यवसायिक तवरले खाली गराइएको छ ।
५. व्यवसायिक तवरले रोजगारी प्राप्त गर्ने प्रयत्न गर्नेछ र यस्तो उपायहरुको अबलम्बन गर्नेछैन जुन उचित छैन ।
६. संझौता रहेसम्म संझौतापत्रको शर्तहरु अनुसार काम गर्नेछ। संझौतापत्रको समाप्ती आपसी समझदारी वा कानुनी प्रक्रिया अनुसार गर्नेछ ।
७. नोकरी छोड्दा वा अरु सेवामा प्रवेश गर्दा समयमा सूचना दिने लिने काम गर्नेछ ।
८. अन्य शिक्षकहरुको बारेमा गरीएको सिफारिसप्रति निष्पक्ष रहनेछ ।
९. आफनो संझौता अवधीसम्म कुनैपनि लाभको काम गर्नेछैन जसले आफनो संझौता अनुसारको काममा नराम्रो असर पार्दछ र जसले विद्यार्थी र समुदायप्रति आफ्नो सम्बन्ध माथि आँच आउनेछ ।
१०. विद्यालयको नीतिहरु फैलाउनमा मद्दत गर्नेछ र आफूमाथि आइपरेको यो प्रकारको जिम्मेदारी पूरा गर्न प्रयत्न गर्नेछ ।
११. पठनपाठन सामाग्रीहरु विद्यालयमा प्रयोग गर्दा कुनै प्रकारको शुल्क लिनेछैन ।
१२. आफूलाई नियुक्त गर्ने बोर्डमाथि आफनो उत्तरदायित्व पूर्णरुपमा पालना गर्नेछ र व्यवसायको स्तर उँचो बनाउने छ ।
पाँचौ सिद्दान्त: शिक्षण व्यवसाय अन्य व्यवसाय भन्दा भिन्न प्रकारको व्यवसाय हो। समुदायको मद्दत र आदर शिक्षक वर्गको आपसी सम्बन्धको स्तर र उनीहरुको शिक्षणप्रति लगाव माथि निर्भर रहन्छ ।
यो पाँचाैं उत्तरदायित्व निर्वाह गर्न शिक्षकले
१. व्यवसायको दोस्रो व्यक्तिसंग यस्तो प्रकारको व्यवहार गर्नेछ जस्तो आफूले उसवाट अपेक्षा राखेको छ ।
२. ती शिक्षकहरुलाई सहयोग गर्नेछ जसले उसको लागि अथवा उसको अनुरोधमा काम गरेको छ ।
३. शिक्षक सहपाठीहरुको सम्बन्धमा रचनात्मक ढंगले कुरा गर्नेछ तर व्यवस्थापन तथा प्रशाशन समक्ष विद्यार्थीहरु र स्कुलसंग सम्बन्धित विषयमा इमान्दारीताका साथ सूचना दिनेछ ।
४. व्यवसायिक संस्थाहरुमा पूर्णरुपले भाग लिनेछ र तीनीहरुको उद्देश्य प्राप्त गर्ने गराउने काममा पूर्णरुपमा सहयोग गर्नेछ ।
५. आफ्नो पेशा/व्यवसायलाई प्रभावकारी बनाउन विषयवस्तुको अध्ययन गर्ने, शोधकार्यद्दारा, घुमफिर गरेर, वा कार्यशाला गोष्ठिहरुमा भाग लिनेछ ।
६. शिक्षण पेशा/व्यवसायको आदर्श तथा कार्यहरुको दृष्टि यति आर्कषक बनाउने छ कि योग्य र इमान्दार युवा युवतीहरु यो पेशा/व्यवसायमा आवद्द हुन मन पराउनेछन् ।
Share this content:
Post Comment